हाम्रो बारे

नेपाली समाजमा गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीहरूलाई आर्थिक तथा भौतिक सहयोग प्रदान गर्दै शिक्षा क्षेत्रमा नागरिक स्तरबाट सेवागर्ने संस्कृतिको विकास गर्ने उद्देश्यले “मुना–पुष्कर चालिसे परोपकार केन्द्र” को स्थापना गरिएको हो।
यस संस्थाले शिक्षा, सामाजिक सेवा, सचेतना अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै नेपाली नागरिकहरूलाई विभिन्न माध्यमबाट सामाजिक सेवामा सहभागी गराउने लक्ष्य लिएको छ। साथै, नेपाली समाजमा सक्कली समाजसेवीहरूको निर्माणमा सहयोग पुर्याउँदै दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने संस्थाको मूल ध्येय रहेको छ।
मुना–पुष्कर चालिसे परोपकार केन्द्र “संस्था दर्ता ऐन, २०३४” को अधीनमा रही विधिवत रूपमा दर्ता भई सञ्चालनमा रहेको एक मुनाफारहित, जनहितकारी सामाजिक संस्था हो।
संस्थाको उद्देश्य:
- गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीहरूको छनोट गरी उनीहरूको पठन–पाठनमा आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने
- शिक्षा, स्वास्थ्य तथा रोजगारीसम्बन्धी विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने
- समाजसेवामूलक कार्यहरू, विपद् व्यवस्थापन तथा न्यूनीकरणका गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने
- प्राचीन कला, संस्कृति, भाषा, साहित्य तथा मठ–मन्दिरहरूको संरक्षण र जगेर्नामा सहयोग पुर्याउने
- ज्येष्ठ नागरिकहरूको हेरचाह, संरक्षण तथा सम्मान प्रवर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने
- विभिन्न सामाजिक संघ–संस्थासँग सहकार्य गरी समावेशी र जिम्मेवार समाज निर्माणमा योगदान पुर्याउने
संस्थाका कार्यक्षेत्र तथा गतिविधिहरू:
- प्रचलित नेपाल कानुनअनुसार सम्बन्धित निकायबाट आवश्यक अनुमति वा इजाजत प्राप्त गरी कार्यक्रम सञ्चालन गर्ने
- संस्थाको आवश्यकताअनुसार भवन निर्माण, भाडा वा लिजमा लिएर कार्यालय सञ्चालन गर्ने
- कम्प्युटर, टेलिफोन, सवारी साधन तथा अन्य आवश्यक कार्यालय सामग्री खरिद वा भाडामा लिएर प्रयोग गर्ने
- आवश्यक कर्मचारी नियुक्ति गर्ने तथा तिनका सेवा–सर्तहरू निर्धारण गर्ने
- विभिन्न सञ्चार माध्यमहरूको प्रयोग गरी सम्बन्धित निकाय तथा समुदायसँग सूचना आदान–प्रदान गर्ने
- सामुदायिक तथा सरकारी विद्यालयहरूबाट गरिब तथा जेहन्दार विद्यार्थीहरूको छनोट गरी छात्रवृत्ति तथा सहयोग प्रदान गर्ने
- संस्थाको उद्देश्यअनुसार सम्बन्धित क्षेत्रका विज्ञहरूसँग सहकार्य गर्दै कार्यक्रमहरू सञ्चालन गर्ने
पुष्कर चालिसे
अध्यक्ष
मुना कार्की चालिसे
उपाध्यक्ष
प्रमोद चालिसे
महासचिव
प्राप्ती चालिसे
कोषाध्यक्ष
बाजुराम प्रसाद पौडेल
कार्यसमिति सदस्य
केशरबहादुर खड्का
कार्यसमिति सदस्य
अएला न्यौपाने
कार्यसमिति सदस्य
जयन्ती खड्का
कार्यसमिति सदस्य
दिपेन्द्र घिमिरे
कार्यसमिति सदस्य