छात्रवृत्ति कार्यक्रम
- संस्थाले क्रमशः “एक जिल्ला एक छात्रवृत्ति (One District One Scholarship – ODOS)” कार्यक्रम भविष्यसम्म निरन्तर सञ्चालन गर्ने लक्ष्य लिएको छ।
- आगामी शैक्षिक सत्रमा बागमती प्रदेशका १३ जिल्लाबाट जनसंख्याका आधारमा प्रत्येक जिल्लाबाट १–१ जना गरी जम्मा १३ जना विद्यार्थीलाई प्रति विद्यार्थी रु. ५,०००/- का दरले छात्रवृत्ति उपलब्ध गराइनेछ। उक्त रकम सम्बन्धित विद्यालयको बैंक खातामार्फत प्रदान गरिने व्यवस्था गरिएको छ।
- यस कार्यक्रमलाई सफल बनाउन समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहभागिता र सुझाव महत्वपूर्ण हुने विश्वास संस्थाले लिएको छ।
विद्यार्थी छनोटका मापदण्ड
देहायअनुसारका मापदण्डका आधारमा विद्यार्थी छनोट गरिनेछः
- संस्थाले कम्तीमा ३ सदस्य सम्मिलित विद्यार्थी छनोट समिति गठन गरी निष्पक्ष रूपमा छनोट गर्ने।
- आवेदन फाराम तथा आवश्यक कागजातहरू वेबसाइट वा इमेलमार्फत प्राप्त गरिने।
- विद्यार्थी सरकारी वा सामुदायिक विद्यालयमा अध्ययनरत हुनुपर्ने।
- कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्ने, र कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने।
- अध्ययनरत विद्यालय रहेको सम्बन्धित जिल्लामा स्थायी बसोबास भएको हुनुपर्ने।
- विद्यार्थी विपन्न परिवारको, प्रतिभावान, जेहन्दार तथा मेहनती हुनुपर्ने।
- परीक्षा असफल भएमा, पढाइ छाडेमा, बसाइँ सरेमा वा कुनै कारणले विद्यालय छाडेमा छात्रवृत्ति स्वतः रोक्का गरिने।
- आगामी शैक्षिक सत्रमा बागमती प्रदेशका अधिकतम १३ जना विद्यार्थीका लागि आवश्यक पर्ने छात्रवृत्तिको रकम संस्थाका अध्यक्ष पुष्कर चालिसे तथा उपाध्यक्ष मुना कार्की चालिसेले आफ्नै निजी स्रोतबाट व्यहोर्ने।
विद्यार्थी सहभागिताका लागि आवश्यक कागजातहरू
- विद्यार्थीको हालसालै खिचिएको पासपोर्ट साइज फोटो
- अभिभावकमध्ये कुनै एकको नागरिकता प्रमाणपत्रको फोटोकपी
- विद्यार्थीको परिचय पत्र
- अघिल्लो शैक्षिक वर्षको लब्धाङ्क पत्र (Mark Sheet)
- परिवारको आर्थिक तथा सामाजिक अवस्था उल्लेख गरिएको सम्बन्धित वडा कार्यालयको सिफारिस
- विद्यार्थीको पढाइ तथा अतिरिक्त क्रियाकलाप उल्लेख गरिएको विद्यालयको सिफारिस
प्राथमिकतामा पर्ने विद्यार्थी:
- परिवारमा कमाउने अभिभावक गुमाएका विद्यार्थी
- शारीरिक अशक्तता भएका विद्यार्थी