Scholarship Notice 2082

Scholarship Details;

देहायअनुसारका मापदण्डका आधारमा विद्यार्थी छनोट गरिनेछः

  1. संस्थाले कम्तीमा ३ सदस्य सम्मिलित विद्यार्थी छनोट समिति गठन गरी निष्पक्ष रूपमा छनोट गर्ने।
  2. आवेदन फाराम तथा आवश्यक कागजातहरू वेबसाइट वा इमेलमार्फत प्राप्त गरिने।
  3. विद्यार्थी सरकारी वा सामुदायिक विद्यालयमा अध्ययनरत हुनुपर्ने।
  4. कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्ने, र कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने।
  5. अध्ययनरत विद्यालय रहेको सम्बन्धित जिल्लामा स्थायी बसोबास भएको हुनुपर्ने।
  6. विद्यार्थी विपन्न परिवारको, प्रतिभावान, जेहन्दार तथा मेहनती हुनुपर्ने।
  7. परीक्षा असफल भएमा, पढाइ छाडेमा, बसाइँ सरेमा वा कुनै कारणले विद्यालय छाडेमा छात्रवृत्ति स्वतः रोक्का गरिने।
  8. आगामी शैक्षिक सत्रमा बागमती प्रदेशका अधिकतम १३ जना विद्यार्थीका लागि आवश्यक पर्ने छात्रवृत्तिको रकम संस्थाका अध्यक्ष पुष्कर चालिसे तथा उपाध्यक्ष मुना कार्की चालिसेले आफ्नै निजी स्रोतबाट व्यहोर्ने।